Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

ट्रम्प र मस्कविरुद्ध १४ अमेरिकी राज्यद्वारा मुद्दा दायर

admin

donald trump

अमेरिकाका १४ राज्यले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका घनिष्ठ साथी एलन मस्कविरुद्ध मुद्दा दायर गरेका छन्। यी राज्यहरू सरकारी दक्षता विभाग (DoGE) को प्रमुखको रूपमा एलन मस्कको नियुक्तिबाट असन्तुष्ट छन्।

राज्यहरूका अनुसार मस्कले DoGE प्रमुखको रूपमा विशाल शक्ति जम्मा गरेका र यो अमेरिकी संविधानको उल्लङ्घन हो।

बिहीबार वाशिंगटन डीसीको संघीय अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति ट्रम्पले मस्कलाई सरकारी कार्यबल हटाउन र सम्पूर्ण विभागहरूलाई एकै पटकमा खारेज गर्न दिएको असीमित शक्ति अमेरिकालाई स्वतन्त्रता दिने मानिसहरूका लागि अत्यन्तै स्तब्ध पार्ने विषय भएको उल्लेख छ।

राष्ट्रपतिलाई संघीय निकायहरू खारेज गर्ने अधिकार नभएको जनाइएको छ।

मुद्दामा संविधानको नियुक्ति खण्डमा मस्कले पाएको जति अधिकार पाउन औपचारिक रूपमा राष्ट्रपतिद्वारा मनोनित वा सिनेटद्वारा अनुमोदन भएको मात्र आउनुपर्ने जनाइएको छ।

संविधानले अमेरिकी राष्ट्रपतिलाई कार्यकारी शाखाको संरचना र सरकारी खर्चलाई नियन्त्रण गर्ने विद्यमान कानूनहरू परिवर्तन गर्ने अधिकार नदिने भएकाले राष्ट्रपतिलाई नयाँ संघीय एजेन्सीहरू सिर्जना गर्ने वा कुनै पनि एजेन्सी खारेज गर्ने अधिकार नभएको उनीहरुको भनाइ छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको