Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा

admin

सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफल गरिरहेका छन्। सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारेमा सचेतकहरू छलफल गरिरहेकका छन्।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी छन् ।

बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी छन् ।

सत्तारुढ दलहरूको हिजो बसेको बैठकले भूमि सम्बन्धी बाहेक अन्य अध्यादेश सदनमा अघि बढाउने निर्णय गरेको थियो । त्यसैको तयारीका लागि प्रमुख सचेतकहरूको बैठक बसेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको