Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

सुन सफा गरिदिने भन्दै ठगी गर्ने ६ जना भारतीय नागरिक पक्राउ

admin

भोजपुर, पुस-१३ ।

भोजपुरमा ठगी गर्दै हिँड्ने ६ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन सफा गरिदिन्छौँ भन्दै सोझासाझा स्थानीयवासीको सक्कली सुनमा विभिन्न खालको धातु लगाएर ठगी गर्दै हिँड्ने उनीहरुलाई पौवादुम्मा गाउँपालिका–४ वास्तिमबाट पक्राउ गरिएको भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख केशवकुमार थेवेले जानकारी दिए ।

पक्राउ पर्नेमा भारतको मोतीहारी जिल्ला घोडासहन १४ का लवकुश साह, जितेन्द्र साह, शरणकुमार साह, रवीन्द्र साह, रमेश कुमार र राकेशकुमार रहेको प्रमुख थेवेले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई बिहीबार भोजपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको