Logo
12 Nov 2025    २७ कार्तिक २०८२, बुधबार

ताजा खबर

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’ सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो पशुपति क्षेत्र विकास संकट: कार्यकारी निर्देशक जोशी सदस्य सचिव पदको लागि विवादमा, ठेकेदार र राजनीतिक दबाब सक्रिय

एएफसी कपमा ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबले नेपालको प्रतिनिधित्व गर्ने

admin

manang marsyangdi club

काठमाडौं, पुस- १३ ।
जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ ।

लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो ।

मनाङले हिजो सङ्कटा क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । दुई खेल अगावै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौँ पटक कब्जा समेत जमाएको हो ।

एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह ‘इ’ मा रहेको छ । एशियन फुटबल फेडेरेसन एएफसीले गत महिना नै समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो ।

एएफसीले निकालेको ड्र अनुसार नेपालको ‘ए’ डिभिजन लिग विजेता मनाङ समूह ‘इ’ मा परेको हो । यस समूहमा भारत, बङ्गलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

भारतबाट भने मिनर्वा पन्जाबले खेल्ने छ । यस्तै बङ्गलादेशबाट ढाका अबाहानीले खेल्नेछ । प्ले अफबाट आउने एक टोलीको भने तय भएको छैन । समूह चरणको खेल आगामी अप्रिलमा युएइमा शुरु हुनेछ । एएफसी कपमा एशियाका हरेक राष्ट्रको शीर्ष डिभिजनको लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा २४ राष्ट्रले सहभागी जनाउनेछन् ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको