Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

बिमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिस्ट

admin

नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिएकामध्येका ५ जनाको नाम ‘सर्टलिस्ट’ भएको छ । प्रधिबरणको  रिक्त रहेको पदका लागि ‘सर्टलिस्ट’ मा पर्नेमा कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् । सरकारले अध्यक्ष नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको फागुन ४ गते बसेको बैठकले यी ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको हो ।

हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको थियो ।  ‘सर्टलिस्ट’ मा परेका ५ जनालाई फागुन ११ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताको लागि बोलाएको अर्थमन्त्रालयले जनाएको छ । बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद अहिले खाली छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको