Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

स्वास्थ्य बीमा व्यवस्थित बनाउन प्रयासरत छौँ: मन्त्री पौडेल

admin

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताएका छन्। स्वास्थ्य बीमामा देखिएका विभिन्न जटिलतालाई सुधार गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे।

नेपाल औषधि थोक व्यवसायी सङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमामा चुनौती देखिए पनि यसलाई हटाउनेभन्दा पनि सुधारोन्मुख बनाइने बताए।

उनले भने, ‘स्वास्थ्य बीमा व्यवस्थित हुन सकेको छैन। यसमा विभिन्न समस्या देखिएका छन्। यसलाई हटाउने होइन, व्यवस्थित गर्न चाहिरहेका छौँ। बीमा भुक्तानीमा पनि समस्या देखिएका छन्। दाबीभन्दा पनि बढी देखिएको छ। बीमा सुधारका लागि प्रतिवेदन तयार भएको छ, त्यहीअनुसार कार्यान्वयनमा लैजान्छौँ।’

मन्त्री पौडेलले समग्र उपचार प्रणालीलाई नै व्यवस्थित गर्न विद्युतीय प्रणालीलाई बलियो बनाउन मन्त्रालय लागिपरेको बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको