Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता

Reporter

ram bahadur bamjon

बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको छ । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत सर्लाहीमा मुद्दा दर्ता गरेको हो ।

बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दामा ८ करोड ५९ लाख रुपैयाँ बिगो कायम गरिएको छ । बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोप छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बम्जनलाई २०८० सालको पुसमा काठमाडौँको बूढानीलकण्ठस्थित एक घरबाट पक्राउ गरेको थियो। पक्राउ गर्ने क्रममा प्रहरीले उनको घरबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ र अरू १७ देशका मुद्रा ३० लाख ९२ हजार रूपैयाँ पनि बरामद भएको थियो ।

जिल्ला अदालत, सर्लाहीले उनलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) ’छ’ अनुसारको कसुर गरेको ठहर गरेको छ । दफा ६६ मा बालबालिकाविरूद्वका कसुरहरू उल्लेख गरिएको छ । उक्त दफाअन्तर्गत उपदफा (३) मा बाल यौन दुव्र्यवहार गरेको मानिने अवस्था किटान गरिएको छ । र, उपदफा (३) ’छ’ मा यौन सन्तुष्टि प्राप्त गर्न बालबालिकालाई प्रयोग गर्ने वा गराउने कार्यलाई बाल यौन दुर्व्यवहार मानिएको छ ।

अदालतले उनलाई १० वर्ष कैदको सजाय तोकेको छ । पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि भएको थियो । एउटा अपराधमा सजाय भुक्तान गरिरहेका बम्जनविरुद्ध पुनः अर्को मुद्दा दर्ता भएको हो । बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको आरोपमा जाहेरी परेको थियो।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको