Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता, रामलिला मैदानमा आज शपथ

Reporter

भारतीय जनता पार्टी (भाजपा)ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गरेको छ। बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार नयाँदिल्लीको सत्तामा भाजना २७ वर्षपछि पुनरागमन गरेको हो। नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ।

गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए। गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन्। उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन्। उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको