Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

आज नेपाल र म्यान्मार भिड्दै

Reporter

नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत आज म्यान्मारको सामना गर्दै छ। यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु हुने छ।

प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन्। नेपाल र म्यान्मारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ-आफ्नो स्थान सुरक्षित गरेका हुन्।

नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन्। गोल अन्तरका आधारमा म्यान्मार अगाडि छ भने नेपाल दोस्रो स्थानमा छ।

नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५-० र लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।

त्यस्तै आज यो खेलअघि लेबनान र किर्गिस्तान अपराहन्न १ बजेदेखि खेल्दै छन्। फाइनलबाट बाहिरिए पनि दुवै सान्त्वना जितको खोजीमा आजको खेल खेल्दै छन्।

प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबीच नै हुने तालिका रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको