Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

राजस्व अनुसन्धान विभागद्वारा दुई बेग्लाबेग्लै अदालतमा १६ करोड बढीको राजस्व चुहाट कसुरमा मुद्दा दायर

Reporter

राजस्व अनुसन्धान विभागले दुई बेग्लाबेग्लै अदालतमा बिगोको शतप्रतिशत गरी १६ करोड बढीको माग दाबी लिई मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले उच्च अदालत जनकपुर वीरगञ्ज इजलासमा १ करोड ९३ लाख बढी र उच्च अदालत विराटनगर अस्थायी इजलास इलाममा बिगोको शतप्रतिशत गरी १४ करोड ५८ लाख बढीको मुद्दा दायर गरेको हो ।  राजस्व अनुसन्धान विभागले ६० किलो चाँदी स्कूटरमा फल्स बटम बनाइ अवैधरूपमा चोरी पैठारी गरेको प्रकरणको अनुसन्धान सकी उच्च अदालत जनकपुर वीरगञ्ज इजलासमा मुद्दा दायर गरेको छ ।९६ लाख ६० हजार ८ सय ६४ रुपैया बिगो कायम गरी बिगोको शतप्रतिशत सजाय जरिवाना मागदाबी लिएर राजस्व अनुसन्धान विभागले उक्त मुद्दा फागुन ६ गते दायर गरेको जनाएको हो ।

राजस्व अनुसन्धान विभागले जारी गरेको विज्ञप्ति अनुसार राजस्व चुहावट गरेको कसुरमा बारा जिल्ला कलैया उपमहानगरपालिका वडा न ५ बस्ने रामसोगारत साहका छोरा वर्ष ३६का कर्मा साह सोनार विरुद्ध उक्त मुद्दा दायर गरेको हो ।

सोही मुद्दामा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा न.२८ बस्ने महादेव साह सोनारका नाति असर्फी साहका  छोरा वर्ष ४०का शंकर साह सोनार भन्ने शंकरप्रसाद सोनार , कलैया उपमहानगरपालिका वडान ६ बस्ने भक्त बहादुर परियारकी छोरी कर्मा साह सोनारकी श्रीमती वर्ष ३७ की इन्द्रकुमार परियारसमेत उपर मुख्य अभियुक्तको सजायको आधा सजाय माग दाबी लिइएको छ ।

यसैगरी स्थायी लेखा नम्बर ६००७२०२८५ भएको कृष्ण स्टोरका प्रोपराइटर झापा जिल्ला भद्रपुर नगरपालिका वडान ५ बस्ने पन्नलाल कानुका नाति सुवाशचन्द्र कानुका छोरा वर्ष ३७का सोनु कानु विरुद्ध राजस्व चुहावट कसुरमा विभागले फागनु ७ गते मुद्दा दायर गरेको जनाएको छ ।

उक्त मुद्दामा ७ करोड २९लाख २३ हजार ३३० रुपैया ४७ पैसा बिगो कायम गरी सोको शतप्रतिशत सजाय मागदाबी लिएर विभागले इलाम इजलासमा मुद्दा दायर गरेको जनाएको छ । कानुले भारतीय कपडा चोरी पैठारी गरी मूल्य अभिवृद्धि कर र आयकर राजस्व चुहावट गरको कसुरमा अनुसन्धान गरी मुद्दा दायर गरिएको विभागको विज्ञप्तिमा उल्लेख छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको