
त्रिभुवन विश्वविद्यालयले भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)बाट फर्किएका नेपाली विद्यार्थीहरुलाई क्रेडिट ट्रान्सफरको सुविधा दिने भएको छ । मंगलबार त्रिविले एक विज्ञप्ति जारी गर्दै क्रेडिट ट्रान्सफर गरिदिने बारे जानकारी दिएको हो ।
‘भारतको उडिसा राज्यको भुवानेश्वस्थित केआईआईटीमा सिर्जना समस्याको कारणले भएको स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा संचालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिवि क्रेडिट ट्रान्सफरनीति अनुरुप भर्ना गर्न सकिने छ’ विज्ञप्तिमा भनिएको छ ।

लोकप्रिय समाचार