Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

इङलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी

admin

english premier league

काठमाडौं, पुस-१६ ।

इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएका खेलमा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेड विजयी भएका छन् ।

म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनलाई ३–१ ले हरायो हराउदा डेभिड सिल्भा र सर्जियो अगुएरोले एक एक गोल गरे साउथह्याम्पटनका वार्ड प्रौजले एक आत्माघाति गोल गरे ।

अर्को खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । चेल्सीको जितमा एन्गोलो कान्तेले निर्णायक गोल गरे ।

गएरातीकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ४–१ ले हरायो ।

म्यान्चेस्टर युनाईटेडको जितमा पउल पोग्बाले दुई गोल गर्दा मार्कस रास्फोर्ड र रोमेलु लुकाकुले थप एक एक गोल गरे ।

बर्नमाउथका लागि भने नाथन आकेले एक गोल फर्काए ।

प्रिमियर लिगकै अर्को खेलमा बर्नलेले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हरायो ।

गएरातीका खेलहरुपछि इङलिस प्रिमियर लिग फुटबलको अंक तालिकामा २० खेलबाट ५४ अंक जोडेको लिरभपूल शिर्ष स्थानमा रहि रहँदा दोस्रो स्थानको म्यान्चेस्टर सिटीको भने ४७ अंक रहेको छ ।

४५ अंक जोडेको टोटनह्याम हट्सपर तेस्रो स्थानमा छ भने ४३ अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाचौैं स्थानमा रहेका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको