Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

राराको डाँफे होटेलमा आगलागी

Reporter

रारा तालको छेउमा रहेको डाँफे होटेलमा बुधवार राति आगलागी भएको छ । काठै काठको संरचनाले बनेको चार वटा भवनमा अन्दाजी  राति १२ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मुगुले  जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी उपनिर्देशक सरोज गौतमका अनुसार आगो नियन्त्रणका लागि रारा राष्ट्रिय  निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेना,निकुञ्ज रक्षक, कर्मचारी ,नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो ।

उहाँले भन्नुभयो जिल्ला प्रहरी कार्यालय लाई  राति १२ बजे तिर  नेपाली सेनाले राराको होटेलमा आगलागी भएको जानकारी गराएपछि जिल्ला सदरमुकाम गमगढिबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोली रारामा आगो नियन्त्रणका लागि रारामा खटाइएको छ।

प्रहरी उपनिरीक्षक गौतमका अनुसार  जानकारी भएअनुसार  होटेलको भान्साबाट आगलागी सुरु भएको थियो । भान्सामा रहेका खाना पकाउने ग्यास पड्कँदा अन्य तीन  वटा भवनमा समेत आगो सल्केको र चार वटा काठका भवन पूर्ण रुपमा खरानी भएका छन् ।

रारा घुम्न आएका १०० जना बढी पाहुनालाई होटेलबाट उद्धार गरी प्रहरी,सेना र सशस्त्र प्रहरी ले नजिकै रहेका माझ घट्टका होटेल, नेपाली सेनाको ब्यारेक र निकुञ्ज कार्यालयमा सारिएको छ।

४ वटा भवन,त्यहाँ रहेका लजिङ्गका सामान, होटेलका सामानहरू पूर्ण रूपमा जलेर खरानी भएकाले करोडौँ बढीको क्षति भएको प्रहरीले अनुमान गरेको छ । प्रहरी अहिले पनि घटना स्थलमै रहेकाले स्थलगत मुचुल्का पछि यकिन क्षतिको विवरण सार्वजनिक गरिने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको