Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

केआईआईटीद्वारा नेपाली विद्यार्थीलाई फर्कन पुनः आग्रह, यात्राको सबै खर्च ब्यहोर्ने

Reporter

भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाल फर्किएका नेपाली विद्यार्थीहरुलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै यात्राको सबै खर्च बेहोर्ने बताएको छ ।

विश्वविद्यालयले अभिभावकहरुलाई एक अनुरोध पत्र लेख्दै नेपालबाट फर्कनका लागि लाग्ने सबै खर्च समेत आफैँले बेहोर्ने उल्लेख गरेको हो ।

विश्वविद्यालयका उपकुलपति सरञ्जित सिंहद्वारा हस्ताक्षरित पत्रमा यही फेब्रुअरी १८ देखि नियमित रुपमा कक्षा सञ्चालन भइसकेको समेत उल्लेख गरिएको छ ।

“विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रम तथा प्रक्रिया पुनः सञ्चालन भइसकेका छन् । विद्यार्थीहरूलाई छिटोभन्दा छिटो कलेज फर्कन अनुरोध गर्दछौँ”, पत्रमा भनिएको छ, “विश्वविद्यालयमा फर्कनका लागि ९बस, रेल वा हवाई यात्राको सम्पूर्ण खर्च विश्वविद्यालयले बेहोर्ने छ ।”

विश्वविद्यालयले विद्यार्थी सुरक्षामा पनि प्रतिबद्धता जाएको छ । उसले विद्यार्थीहरूको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै अभिभावकलाई ढुक्क रहन समेत आग्रह गरेको छ । साथै यस अवधिमा छुटेका कक्षा वा प्रयोगशालाहरू विद्यार्थीहरूको शैक्षिक, करियर तथा रोजगारीको अवसरमा असर नपर्ने समेत विश्वास दिलाएको छ ।

साथै विश्वविद्यालयका होस्टल वा स्कुलबाट कुनै किसिमको सहमति वा हस्ताक्षर माग्ने कुनै प्रावधान नरहेको स्पष्ट पार्दै अन्य स्रोतबाट आएको गलत सूचनालाई वेवास्ता गर्न समेत आग्रह गरिएको छ ।

विश्वविद्यालयमा हाल ६५ भन्दाबढी मुलुकका तीन हजारभन्दा बढी विदेशी विद्यार्थी अध्ययन गरिरहेको बताइएको छ । विश्वविद्यालयसँग सम्बन्धित कुनै जिज्ञासा भए डा विकाश संवत् ९९८७३६६६०७२० वा डा ममता धिताल ९७८५५०२९३२२० लाई सम्पर्क गर्न सकिने जनाइएको छ । केआईआईटीमा अध्ययनरत एक नेपाली छात्राको मृत्यु र त्यसपछि उत्पन्न तनावको व्यवस्थापनमा नेपाल सरकारले गरेको कूटनीतिक प्रयासपछि कलेजले नेपाली विद्यार्थीलाई फर्कन पटक पटक आह्वान गरिरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको