Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

शक्तिशाली नेता भ्लादिमिर पुटिनको तस्वीर सहितको क्यालेन्डरले जापानमा तहल्का

admin

putin

टोकियो, पुस-१६ ।

विश्वका शक्तिशाली नेतामध्ये एक मानिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनल रुसको राष्ट्रपतिका रुपमा चौथो कार्यकाल सम्हालिरहेका छन ।पुटिनलाई धेरैले ‘स्टाइलिस’ नेताको रुपमा पनि मान्दछन् ।
६६ वर्षीय पुटिन ‘फिटनेस’ मा निकै ध्यान दिन्छन्, नियमित व्यायाम गर्नु, छुट्टीका समय घोडचडी, शिकार खेल्नु पुटिनको सोख हो ।

पुटिनको यही व्यक्तित्वलाई केन्द्रमा राखेर हालै एउटा क्यालेन्डर प्रकाशित भएको छ । सन् २०१९ का लागि प्रकाशित उक्त क्यालेन्डरमा पुटिनलाई उनको विभिन्न रुपमा देख्न पाईन्छ ।

putin

उक्त क्यालेन्डरले जापानमा निकै लोकप्रियता प्राप्त गरेको छ । पुटिनको तस्वीरसहितको सो क्यालेन्डरले जापानमा प्रकाशित भएका अन्य क्यालेन्डरको तुलनामा धेरै नै बजार तताएको छ । त्यसो त जापानका नागरिक स्वदेशीपन मै रम्न चाहने प्रवृत्तिका मानिन्छन तर पुटिनको सवालमा उनीहरुले आफ्ना मुलुकका चर्चित खेलाडी तथा कलाकारको तस्वीर भएका क्यालेन्डरलाई समेत बेवास्ता गर्दै उनको व्यक्तित्व झल्कने क्यालेन्डर धमाधम खरिद गरेका छन् ।

putin

जापानमा सर्वाधिक विक्री भएको क्यालेन्डरमध्ये पुटिनको तस्वीरसहितको क्यालेन्डर अग्रपंक्तिमा रहेको विभिन्न समाचार एजेन्सीहरुले बताएका छन् ।
(एजेन्सी)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको