
मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा चट्याङ लागेर मङगल मुक्तानसहित तीन जना घाइते भएका छन् । घर बाहिर बसिरहेको अवस्थामा एक्कासि चट्याङ लाग्दा मङ्गल मुक्तानसहित तीन जना घाइते हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार चट्याङ लागेर घाइते हुनेमा मङ्गलका छोरा वर्ष १८ का कल्सान मुक्तान र बहिनी नाता पर्ने सोही स्थानमा बस्ने वर्ष २७ की कालिमान बल रहेको जनाएको छ ।
चट्याङ लागेर ३८ वर्षीय मुक्तान र कालिमानको छातीमा भित्री चोट लागेको र मुखबाट रगत निस्किएको छ ।
घाइतेको भरतपुरस्थित अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
यसबिच रुखबाट लडेर मकवानपुरको बागमती गाउँपालिका २ आहालडाँडामा एक जना घाइते भएका छन् ।
स्थानीय ५५ वर्षीय वीरबहादुर लोप्चन सोही स्थामान रहेको खनिउको रुखमा चढी बिजुलीको तार तान्ने क्रममा रुखबाट लडी घाइते हुनुभएको हो ।
लोप्चनको उपचारको लागि शनिबार राति १९ बजे हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
