
सरकारले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा पूर्णबहादुर नेपालीलाई नियुक्त गरेको छ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

लोकप्रिय समाचार