
काठमाडौं – राइटपाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ ,२०२५ को ट्यालेन्ट शो राउण्ड सम्पन्न भएको छ । प्रतियोगिताका सहभागीहरूले आफ्नो अद्भुत प्रतिभा र सिर्जनशीलता प्रस्तुत गरे । कार्यक्रमको निर्णायक मण्डलमा एक खुट्टा नृत्यांगना रोमा न्यौपाने युवा व्यबसायी ,प्रनिच्ज़ मान सिंह अधिकारी, मोडल दिव्या महर्जन ईभेन्ट अर्गनाईजर एवं मेकअप ट्रेनर टेकराज पाण्डे ,युवा शैक्षिक व्यबसायी चुन सुंगजिन रहेका थिए ।
कार्यक्रममा गायक कमल खत्री , गायक सपन श्रेष्ठ , मोडल सबिना राउत विशेष अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो भने अन्य अतिथीमा दिवस राज भट्टराई, शोवन गौतम, सोनित राज ढुंगेल, ऋतिका शाह, धर्मराज परेनु, रबी लामा, इसा गुरुङ, दीपक लामा, पवन कोईराला, जुनिता राई, जेनीका धिमाल, सरला राई, निलम गुरुङ लगायतको उपस्थित थियो ।
कार्यक्रमको आरम्भ कोरियोग्राफर अर्जु महर्जन, ईभेन्ट कोअर्डिनेटर हिस्से शेर्पा आयोजक तथा ग्रेस मिडियाको सिईओ सुरज थापाले कार्यक्रमको स्वागत गरेका थिए । कार्यक्रमको उद्घोषण रोबिन लामाले गरेका थिए।
आयोजक संस्थाका सचिब अनिता श्रेष्ठ प्रजापतिले अतिथिहरूलाई स्वादिष्ट खाजाले स्वागत गरेकी थिईन ।
कार्यक्रमको ईभेन्ट कोअर्डिनेटर अंकित मल्ल रहेका थिए भने क्युपिड फोटो स्टुडियोका बिन्द्रा प्रजापति र युनिकर्न फोटो फिल्म स्टुडियोका मिलनले तस्वीर र भिडियोग्राफी मार्फत कार्यक्रमका रमाइलो क्षणहरू कैद गरेका थिए ।
ट्यालेन्ट शो कार्यक्रमम प्रतियोगीहरु स्मारिका सुवेदी, प्रज्ञा केसी, मुना खपांगी, अञ्जिला खनाल, पूर्णिमा तामाङ, अञ्जली रोका मगर, सुनिशा गुरुङ, आन्जुम लिम्बू, लसता महर्जन, र उर्मिला तामाङ जस्ता प्रतिभाशाली सहभागीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन देखाएर कार्यक्रमलाई थप रोचक र प्रेरणादायी बनाए।
कार्यक्रमको सफलतामा योगदान पुर्याउने सम्पूर्णलाई आयोजक टिमको तर्फबाट धन्यवाद व्यक्त गरिएको थियो ।
कार्यक्रम आयोजक थापाले यस प्रतियोगीताको ग्रान्ड फिनाले र अष्टलक्ष्मी सम्मान २०८१ आउदो चैत्र २७ गतेका दिन नव दुर्गा पार्टी प्यालेसमा भव्य रुपमा आयोजना गरिने र विख्यात व्यक्तित्वहरुलाई सम्मान समेत गरिने जानकारी दिए ।
