Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

बलात्कार अभियोगमा समाजवादीका जिल्ला अध्यक्ष पक्राउ

Reporter

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीका एक जना जिल्लाका नेतालाई बलात्कार अभियोगमा पक्राउ गरिएको छ।

नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी बलात्कार अभियोगमा पक्राउ गरिएका हुन्।

नेकपा एसको गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेक गिरीलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको