Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

रंगशालामा दर्शक कुट्ने लोकतन्त्रका सेनानी : एमाले सांसद रिजाल

Reporter

नेकपा (एमाले) पार्टीका सांसद ईश्वरबहादुर रिजालले दशरथ रंगशालामा दर्शकलाई कुट्ने व्यक्ति बिल्लादारी गुण्डा नभई लोकतन्त्रका सेनानी भएको बताएका छन्। आज(बिहिबार) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्।

उनले संसदमा एक दुईदिनदेखि असभ्य शब्दहरू प्रयोग गरिएको भन्दै आक्रोश पनि पोखे। ‘भर्खरभर्खर जंगलबाट शहरतिर छिरेको जम्बो मन्त्रीहरूले अशिष्ट,असभ्य शब्दहरू यहाँ राख्ने निरन्तर प्रयास गरेका छन्,’उनले भने,‘हिजो मात्रै बिल्लादारी गुण्डाहरू भन्ने शब्द सुनियो,यो संसदीय शब्द होइन,असभ्य शब्द हो,उनीहरू बिल्लादारी गुन्डा होइनन्, लोकतन्त्र, गणतन्त्रका सेनानी हुन्,जब लोकतन्त्रमाथि प्रहार हुन्छ,चुप लाएर बस्दैनन्,जब चुप लाग्नेछन् तब दुनियाँले सुन्ने छ, ती सेनानीहरूको तागत कति हुँदो रहेछ।’

हिजो बसेको प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानेन्द्र शाहीले रंगशालामा पार्टीका गुण्डा कार्यकर्ताहरूले दर्शकलाई कुटेको र त्यसलाई कारबाही नगरिएको भन्दै गृहमन्त्रीमाथि आक्रोश पोखेका थिए।

उनले भनेका थिए,‘फागुन १९ गते रंगशालामा प्रधानमन्त्रीको नाममा खेलकुद आयोजना गर्ने,दर्शक दिर्घामा बस्ने दर्शकले बोल्यो भन्दै प्रधानमन्त्रीकै पार्टीका बिल्लादारी कार्यकर्ता गुण्डाहरूले मान्छे कुट्ने, प्रहरीले बचाउनुको सट्टा कुट्न सघाउने, वाह वाह गृहमन्त्री ज्यू,वाहवाह प्रधानमन्त्री ज्यू,यो तिम्रो कस्तो लोकतन्त्र?,कस्तो प्रजातन्त्रको अभ्यास?।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको