Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

एउटै मन्त्रालयका सचिव र मन्त्री एकैपल्ट विदेश जान नपाउने

Reporter

सरकारले एउटै मन्त्रालयको मन्त्री र सचिव एकैपटक विदेश भ्रमणमा जान नदिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयको काम प्रभावित हुने भएकाले एकैपटकको विदेश भ्रमण स्वीकृत नगर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  बताए।

त्यस्तै, मन्त्रीको विदेश भ्रमणमा थप कडाइ गरिएको छ। मन्त्री जानैपर्ने भ्रमणमा मात्र पठाइने गरी आचारसंहिता बनाइएको मन्त्री गुरुङले जानकारी दिए।

सामान्य किसिमका कार्यक्रममा मन्त्रीको भ्रमण स्वीकृत नगर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। कर्मचारीको हकमा पनि विदेश भ्रमणमा पनि कडाइ गर्ने निर्णय गरिएको छ।

त्यस्तै, राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण दल २१ सदस्यीयभन्दा ठूलो नबनाउने पनि निर्णय भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको