Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

मिसेस गुरुङ्गको अडिसन सम्पन्न

admin

 

एसके ईन्टरटेन्मेन्टको मिसेस गुरुङ्ग २०१७ को पहिलो अडिसन काठमाडौको होटल क्राउन प्लाजामा सम्पन्न भएको छ । नेपालमा पहिलो पटक हुन लागेको गुरुङ्ग समुदायको विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस गुरुङ्ग समुदायका विवाहित महिलाहरुको उल्लेख्य मात्रामा सहभागी रहेको थियो । चुला ,चौका ,घर व्यवहार तथा कार्यालयबाट केही समय निकालेर उक्त प्रतियोगितामा अडिसन लिन आउने सहभागीका अनुसार यस्तो प्रतियोगिता नेपालमा धेरै अगाडि हुनुपर्ने हो , तर ढिलै भए पनि आयोजक एसके ईन्टरमेन्टले यसको जमर्को गरेकोले आयोजक शान्ता लामाप्रति खुशी देखिन्थे । गुरुङ्ग जातिका समुदाय आफ्ना भेषभुषा,खानपान रितिरिवाज प्रति निकै सजग र अनुशासित मानिन्छ । यस किसिमका प्रतियोगिताले गुरुङ्ग महिला जातिमा रहेका आफ्ना क्षमता प्रदर्शनको दरिलो माध्यम हुन सक्ने कुरा आयोजक संस्था तथा सम्पूर्ण सहभागीको रहेको पाइयो ।
आजको अडिसनबाट २५ जना सहभागी प्रतियोगिताको लागि छानिएका छन् । साधना कला केन्द्रका मिलन मोक्तान,गायिका मौसमी गुरुङ्ग, चलचित्र पत्रकार संघका उपाध्यक्ष गीता अधिकारी, चर्चित कोरीयोग्राफर रोजिन शाक्य, चर्चित डान्स कोरीयोग्राफर केशव थापा तथा मिसेस तामागं २०१६ का फस्ट रनर अप अनु कुमारी लामाको निर्णायक मण्डलले सहभागीहरुलाई छानेका थिए ।
आज छानिएका सहभागीहरुलाई करीव १ महिनाको विविध तालिम दिईनेछ । तालिमका प्रशिक्षक एवं कोरियोग्राफर रोजिन शाक्यका अनुसार १ महिनाको कठिन तालिम पश्चात भाद पहिलो साता प्रतियोगितको फाईनल रहने छ । भने तालिम अवधिभर विभिन्न किसिम तालिमहरु प्रदान गरि पूर्णरुपमा दक्ष वनाईनेछ ।
प्रतियोगितको विजेतालाई विभिन्न आकर्षक नगद पुरस्कार सहित क्राउन, ट्रफी,लगायत विभिन्न अवसरहरु प्रदान गरिने आयोजक शान्ता लामाले वताउनुभयो ।

Shanta Lama

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको