Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

क्यानडाको नयाँ प्रधानमन्त्रीमा मार्क कार्नी

Reporter

मार्क कार्नी क्यानडाको प्रधानमन्त्रीको रूपमा शपथ लिँदै छन् । जस्टिन ट्रुडो पछि मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री हुनेछन् । उनले बेलायत र क्यानडाका केन्द्रीय बैंकहरूको नेतृत्व गरिसकेका छन् ।

तीन प्रतिद्वन्द्वीहरूविरुद्ध सजिलै नेतृत्वको दौड जितेका कार्नीले क्यानडाको लिबरल पार्टीको तर्फबाट अर्को आम चुनाव लड्ने छन् । जस्टिन ट्रुडोलाई आफ्नै पार्टी भित्रबाट राजीनामा दिन बढ्दो दबाबको सामना गर्नुपरेको थियो । दबाबका कारण उनले नौ वर्ष प्रधानमन्त्रीको रूपमा सेवा गरेपछि जनवरीमा राजीनामाको घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको पद स्वीकार गर्दै कार्नीले भने, ‘हाम्रो देशले कालो दिनको सामना गरिरहेको छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा कार्नीले ‘अमेरिकीहरूले हामीलाई सम्मान नगरेसम्म’ अमेरिकी सामानहरूमा पारस्परिक कर लगाउने निर्णय यथावत रहने बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको