Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

६ एन्टिबायोटिक अब खुद्रा फार्मेसीले बेच्न नपाउने

Reporter

औषधि व्यवस्था विभागले ६ समूहका एन्टिबायोटिक औषधि खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ ।

विभागले रिजर्भ वर्गमा राखेका औषधि खुला बिक्रीमा रोक लगाएको हो ।

रोक लगाइएकामा पोलिम्याक्सिन बी, मेरोपेनम, पिप्रासिलिन, भ्यान्कोमाइसिन, कोलिस्टिन र लिनिजोलिड छन् । यी ६ समूहका औषधि चिकित्सकको सिफारिसमा अस्पतालको फोर्मसीबाट मात्रै बिक्री गर्न पाइने विभागले जनाएको छ ।

एन्टिबायोटिक औषधि प्रयोगको असरबाट हुने प्रतिजैविक प्रतिरोधको अवस्था नियन्त्रण गर्न यस्तो निर्णय गरिएको विभागले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको