Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

Reporter

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। आज अपरान्ह १ बजे बस्ने बैठकमा महासन्धिमाथि छलफल हुने तथा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ।

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पन्न भएको आमसञ्चार परिषद विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै आजको बैठकमा बनमन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रीयल प्रोटोकल किंगाली संशोधनमाथि सदनमा छलफल गर्ने र अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी आजको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने समेत कार्यसूची रहेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको