Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

‘नेपाल स्काउट सुद्धिकरण अभियान’ काे चार बुँदे माग

Reporter

नेपाल स्काउटले ‘नेपाल स्काउट सुद्धिकरण अभियान’ सञ्चालन गरेकाे छ। नेपाल स्काउटभित्र विद्यमान रहेको विकृति, अनियमितता र अपारदर्शितालाई हटाएर शैक्षिक अभियानको आधारभूत सिद्धान्त पुनर्स्थापना गर्न उक्त अभियान गरिएकाे हाे। काठमाडाैँ बागबजारकाे हार्दिक हाेटलमा पत्रकार सम्मेलन गरि अभियानकाे घाेषणा गरेकाे हाे।

नेपाल स्काउटले तत्काल शुद्धीकरणको आवश्यकतालाई महसुस गर्दै स्काउटप्रति आस्थावान् युवा वर्ग, स्काउटमा आबद्ध स्काउटर राष्ट्रिय प्रशिक्षक लगायत शुभचिन्तकहरूको सहकार्य तथा समन्वयमा यस नेपाल स्काउट शुद्धिकरण अभियानको गठन गरेकाे जनाएकाे छ। नेपाल स्काउटलाई सही दिशातर्फ अगाडि बढाउन बाधक बन्ने तत्वहरू तथा उद्देश्य र मर्म विपरीतका कार्यहरू गर्ने विरुद्ध आवाज उठाई नेपाल स्काउटको पवित्रतालाई जोगाइ राख्ने उदेश्यले यस नेपाल स्काउट शुद्धिकरण अभियानको आयाेजना गरिएकाे हाे।

‘नेपाल स्काउट सुद्धिकरण अभियान’ मा विशेष गरि चार बुँधे माग समावेश गरिएकाे छ।

यस्ता छन् ‘नेपाल स्काउट सुद्धिकरण अभियान’ का चार बुँदे माग

१. हालै प्रमुख स्काउटको हस्ताक्षरद्वारा जारी कर्मचारी प्रशासन नियमावली २०८१ का प्रसुति विदा जस्ता कतिपय प्रावधानहरु कर्मचारीको मनोवल गिराउने खालको भएको हुँदा सो नियमावली उपर राष्ट्रीय परिषदमा व्यापक छलफल गरी सो परिषदबाट पारित गराई शंसोधित नियमावली लागु गर्नु पर्ने ।

२. राष्ट्रीय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराईको अनियमितता संग सम्बन्धीत नेपाल स्काउटमा प्राप्त १० बुँदे उजुरी उपर नविन गरिनु पर्ने।

२. हाल बाहिर आएको, राष्ट्रीय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराईद्वारा कार्यक्षेत्रमा गरिने दुर्व्यवहार तथा यौन दुर्व्यवहारसंग सम्बन्धीत विषय उपर छानविन गरिनु पर्ने।

४. राष्ट्रीय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराई उपर छानविन पुरा नहुन्जेल निजलाई निलम्बनमा राखिनु पर्ने, छानविनको प्रकृया पुरा भए पश्चात प्रतिवेदनका आधारमा कार्वाही हुनु पर्ने।

नेपाल स्काउटले माग पुरा नभए फागुन २७ गतेदेखि व्यानर प्रदर्शन सहित नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा कार्यलय समयमा मौन धर्ना र  चैत्र १ गते देखि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा रिले अनसन सहितको धर्ना  हुने चेतावनी  दिएकाे छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको