Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

हिन्दू धर्मावलम्बी राजालाई भारतमा नै पुनर्स्थापित गर्न एमाले नेता पोखरेलको सुझाव

Reporter

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरूले नेपालमा हिन्दूराजाको आवश्यकताको चर्चा गरिरहेको भन्दै टिप्पणी गरेका छन् ।

नेता पोखरेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालको बारेमा चासो राख्नुभन्दा भारतमा नै ती हिन्दू धर्मावलम्बी राजा र महाराजाहरूलाई पुनर्स्थापित गर्न सुझाव दिएका छन् ।  तर भारतको संविधानले त्यसो गर्न नदिने उल्लेख गर्दै पोखरेलले नेपालको हकमा पनि उस्तै भएको जवाफ दिएका छन् ।

उनले लेखेका छन्– ‘ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरहँदा ५५० भन्दा बढी रियासतहरुलाई आफ्नो अधीनमा राखेका थिए ।

तिनीहरूमा अधिकांशमा राजा, नवाव र महाराजाहरू थिए । त्यसमध्ये अधिकांश हिन्दू थिए । जसलाई विष्णुको अवतारका रुपमा मान्ने संस्कृति पनि थियो । सरदार वल्लवभाइ पटेलले भारतीय स्वतन्त्रता पछि ती रियासतहरुलाई अन्त्य गरेका थिए ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको