Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने

Reporter

साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३० दिन युद्ध विराम गर्ने सहमति जनाएको छ।

युक्रेन जल, जमिन र हवाई युद्ध रोक्नका लागि तयार भएको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका उप प्रमुखले अमेरिकाले फेरि सैन्य सहयोगलाई निरन्तरता दिने सहमति समेत भएको बताएका छन्।

अमेरिकी विदेश मन्त्रीले बल रुसको कोर्टमा पुगेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई फेरि ह्वाइट हाउमसा आमन्त्रण गर्न तयार रहेको बताएका छन्। राष्ट्रपति जेलेन्स्की समावेश नभएको सो वार्तामा उनको प्रतिनिधित्व आन्द्रे यारमाकले गरेका थिए।

सो वार्तापछि जेलेन्स्कीले पोस्ट गरेको भिडियोमा तीन कुरा प्रमुख छन्। आकाश, जल र जमिनमा शान्ति, बन्दीको रिहाइ तथा अपहरण गरिएका युक्रेनका बालकको रिहाइ पहिलो चरणमा युक्रेनले राखेको शर्त हो। पहिलो चरणमा ३० दिनको युद्ध विराम भएमा अर्को चरणका लागि समेत तयार भएको उनले बताएका छन्।  अमेरिकी विदेश मन्त्री मार्क रुबियोले ८ घण्टा लामो वार्ताको विषय खनिज सम्झौता नभएको बताएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको