Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

१७ वर्षपछि श्रीलंकाले साफ च्याम्पियनसिप आयोजना गर्ने

Reporter

१७ वर्षपछि श्रीलंकाले दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप आयोजना गर्ने अधिकार प्राप्त गरेको छ।

काठमाडौंमा मंगलबार बसेको साफको बैठकले दक्षिण एसियाली विश्वकप भनेर चिनिने यो प्रतियोगिता यस वर्ष श्रीलंकालाई आयोजना गर्न दिने निर्णय गरेको हो।

फुटबल फेडेरेसन अफ श्रीलंकाका अध्यक्ष जसवार उमरले यसबारे पुष्टि गरेका हुन्। यो प्रतियोगिता जुनमा आयोजना हुने तय गरिएको छ।

श्रीलंकाले अन्तिम पटक सन् २००८ मा माल्दिभ्ससँग मिलेर यो प्रतियोगिता आयोजना गरेको थियो। श्रीलंकाले १९९५ मा कोलम्बोमा आयोजित साफ च्याम्पियनसिप जितेको थियो, जुन अहिलेसम्मको एक मात्र उपाधि हो।

२०२५ मा घरेलु मैदानमा खेल्ने अवसरलाई सदुपयोग गर्दै श्रीलंका तीन दशकपछि उपाधि जित्ने लक्ष्य राखेको छ। दुई वर्षअघि भारतमा भएको प्रतियोगितामा पाहुना टोली कुवेतलाई हराउँदै घरेलु टोलीले नवौंपल्ट उपाधि जितेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको