Logo
22 Mar 2025    ८ चैत्र २०८१, शनिबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

अभियन्ता उत्तम कार्कीद्वारा आत्मदाहको प्रयास

Reporter

सामाजिक अभियन्ता उत्तम कार्कीले आत्मदाहको प्रयास गरेका छन् । चन्द्रागिरि नगरपालिकास्थित आफ्नौ घरमा मंगलबार शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।

अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको उपचार भइरहेको छ । विभिन्न व्यक्तिलाई आरोप लगाउँदै उनले आत्मदाहको प्रयास गरेका हुन् ।

समाज र प्रशासनले आफूमाथि भएको अन्याय कहिले नदेखेको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले प्रहरी अधिकारीको पनि नाम लिएका छन् ।

आफू अन्यायमा पर्दा पनि प्रहरीले समेत साथ नदिएको कार्कीको आरोप छ । उनले भिडियो पनि बनाएको पाइएको छ । आफूले १२ पटक मुद्दा दर्ता भएको उनको भनाइ छ ।

१८ दिन हिरासतमा आफू बसेको कार्कीले बताएका छन् । उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् । उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको