Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा

Reporter

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट आज हेर्न नभ्याइने भएको छ ।

सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो । मेयर शाहले बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरूद्ध नेपाल चलचित्र सङ्घ उच्च अदालत पाटन पुगेको थियो ।

उच्चले भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्र नरोक्न अन्तरिम आदेश दिएपछि मेयर शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आलोचना गरेका थिए ।

उक्त टिप्पणीपछि अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाहीको माग गर्दै रिट दायर गरेकी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको