Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

प्याब्सनका नयाँ कार्यसमिति सदस्यहरुले लिए शपथ

Reporter

निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (प्याब्सन) को नयाँ कार्यसमिति सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।

बुधवार काठमाडौंमा भएको २६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आवद्ध विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा गर्न थप भुमिका खेल्ने बताए ।

उनले नेपालका निजी विद्यालयहरुले दिएको गुणस्तरीय शिक्षाका बारेमा विश्वभर चर्चा हुने गरेको भन्दै यसलाई निरन्तरता दिन शिक्षाको विश्वव्यापीकरण गर्ने दाबी गरे ।

हालै सरकारले ल्याएको शिक्षा विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको उनको भनाइ छ । उनले कम्पनीअन्तर्गत रहेका निजी विद्यालयहरुलाई कम्पनीमै रहने र पुस्तान्तरण हुने व्यवस्था निरन्तरताका लागि आफूले पहल गर्ने बताए ।

उनले भने– ‘हाम्रो पहिलो प्राथमिकता भनेको शिक्षा विधेयक नै हो । शिक्षा विधेयकमा हाम्रो विद्यालयहरु कम्पनीमा रहनु पर्छ । २०५८ सालमा हामी कम्पनीमा आएका हो । यो आजिवन कम्पनीमा रहनु पर्छ भन्ने हाम्रो पहिलो मुद्दा हो । दोस्रो मुद्दा शिक्षा र करिक्युलमका बारेमा छ, गुणस्तरका बारेमा छ । हामी गुणस्तरीय शिक्षा यो देशमा प्रदान गरी रहेका छौँ । र संसारभरी प्राइभेट स्कुलको एजुकेशनले गर्दा नेपालको शिक्षाको नाम संसारमा रहेको छ । यसलाई कन्टिन्युटी दिँदै ग्लोबलाइज गर्दै छौँ । तेस्रो मुद्दा भनेको चाहीँ प्याब्सनमा रहेका ५ हजार निजी विद्यालयहरुलाई एउटा असल विद्यालय बनाउने र त्यो भित्र क्वालिटी एजुकेशन दिने र प्याब्सनका विद्यार्थी, प्याब्सनका शिक्षक र अभिभावकहरुलाई एउटा राम्रो परिस्थितिमा लैजाने हाम्रो तेस्रो मुद्दा छ ।’  अध्यक्ष अधिकारीले प्याब्सनको सही कामले संस्थाको गरिमा बढेको दाबी गरे ।

प्याब्सनको सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्षमा दिपिका रिमाल, उपाध्यक्षहरुमा आशिष श्रेष्ठ, थकिन कुमार गुरुङ, महासचिव आर. बि. कटुवाल, कोषाध्यक्षमा गणेशबाबु पोखरेल, तथा केन्द्रिय सदस्यहरुमा प्रल्हाद खनाल र कर्मवाङ्गेल लामा निर्वाचित भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको