Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

किरण केसी र विनुशा राईको स्वरमा ‘झण्डै लडेको’(भिडियो)

Reporter

प्रमोद भट्टराई ‘प्रतीक’को शब्द तथा हाँस्य कलाकार किरण केसी ‘रातामकै’ र गायिका विनुशा राईको स्वरमा रहेको गीतिको भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच मेला रेकर्डिङ स्टुडियोले ‘झण्डै लडेको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा श्याम महर्जनको संगीत, विशन मानन्धरको एरेञ्ज र सुवाष कु्थुमी राईको मिक्सिङ एवं मास्टरिङ छ । भिडियोलाई रोमान्टिक कमेडी जनरामा ‘हाँस्य’ प्रधान र नृत्यप्रधान बनाइएको छ । सार्वजनिक भिडियोमा हाँस्य कलाकारद्वय किरण केसी र दीपाश्री निरौलाले अभिनय गर्नुभएको छ । किरण र दीपाको जोडीलाई निर्देशक जीवन शाहीले रमाईलो ढंगले भिडियोमा प्रस्तुत गर्नुभएको छ । टेकेन्द्र शाहले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी अनुप डंगोलको छ ।

३० वर्ष बैंकिङ सेवामा रहेर सेवानिवृत हुनुएका प्रतीक विसं २०३४ सालदेखि गीत तथा साहित्य रचनामा सक्रिय हुनुहुन्छ । भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ संगीतकार राजु सिंह, आयोजक मेला रेकर्डिङ स्टुडियोका समीर राईले प्रतिकको रचनासँगै गायिका विनुशा, कलाकारद्वय रातामकै र दीपाश्रीको अभिनय कलाको प्रशंसा गर्नुभएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको