Logo
15 Mar 2025    १ चैत्र २०८१, शनिबार

ताजा खबर

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओलीको निर्देशन सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न साहित्यकार लीलबहादुर क्षेत्रीको निधन नेपाल आज हङकङसँग भिड्दै

सुनको भाउ एकै दिन तोलामा चार हजारले बढ्यो

Reporter

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ इतिहासकै उच्च विन्दूमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

यसअघि गत फागुन १३ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार दुई सय रूपैयाँ बढी हो।

यस्तै बुधबार भने प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा सुनको कारोबार भएको थियो । बुधबारको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको