Logo
22 May 2025    ९ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

मिस शेर्पा २०१८ को उपाधी दोलखाकी दाबुटीले पाउदा मिस्टर शेर्पाको उपाधि सोनम जाङ्बुलाई

admin

काठमाडौं, पुस-१६ ।
दोलखाकी दाबुटी शेर्पा यसपटकको मिस शेर्पाको ताज पहिरिन सफल भएकी छिन् । दिपास इन्टरनेसनलको आयोजनामा काठमाडौंको रामहिटीस्थित रामनगर पार्टी प्यालेसमा डिसेम्बर ३० मा भएको मिस शेर्पाको पाँचौ संस्करणको फिनालेमा ८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि होड जितेकी हुन् उनले । दाबुटीले मिस बेस्ट ट्यालेन्टको अवार्डसमेत हात पारिन् ।
टाइटल विजेता उनलाई मिस शेर्पा २०१७ की विजेना सोनाम डोल्मा शेर्पाले ताज पहिरिदिइन् । उपाधिसँगै दाबुटीले नगद ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् । त्यसैगरी उनी मिस इन्टरनेसनल टुरिजममा सहभागी हुनसमेत पाउनेछिन् ।

‘तपाई आज मिस शेर्पाको विजेताको हिसाबले मिस टुरिजमको प्रतिस्पर्धामा सहभागी हुन जाँदै हुनुहुन्छ । सरकारले २०२० लाई पर्यटन वर्ष मनाउँदैछ र सरकारले २० लाख पर्यटक भित्रयाउने योजना बनाएको छ । तपाईले मिस टुरिजममा जाँदाखेरि २० लाख पर्यटक भित्र्याउन के सम्भावना देख्नुहुन्छ ?’ भन्ने प्रश्नको उत्तरमा दाबुटीले निर्णयकको मन जित्दै उपाधि उचालेकी हुन् ।
दाबुटीले देशको हिमाल प्रचार गर्नुपर्ने उत्तर दिएकी थिइन् । ‘हाम्रो सुन्दर शान्त विशाल देश, जुन विश्वको सर्वोच्च शिखर सँगसँगै विभिन्न हिमाल छन् । २०२० को टुरिजम एअरलाई सफल बनाउन यसको प्रचार गर्नुका साथै हिमालहरुको सुचना प्रवाह गर्नुपर्छ । विकट ठाउँमा रहेका हिमालहरुको नामलाई चिनाउन जरुरी छ,’ दाबुटीको उत्तर थियो ।
क्याफे मितिनीकी चिफ सुपरभाइचरसमेत रहेकी उनी सगरमाथा आरोहीसमेत हुन् । उनले नेपाली कफीको प्रचार गर्दै गत सिजनमा सगरमाथा आरोहण गरेकी थिइन् ।
दाबुटी मिस शेर्पाको अघिल्लो संस्करणमासमेत सहभागी भएकी थिइन् । अघिल्लो संस्करणमा उनले पिपुल्स चोइस अवार्ड हात पारेकी थिइन् ।

प्रतियोगितामा मिस शेर्पा तर्फ दावा याङ्जी शेर्पा फस्ट रनर अप भइन् । उनले मिस फोटो जेनिकको टाइटलसमेत हात पारिन् । त्यसैगरी निमा ल्हामु शेर्पा सेकेन्ड रनर अप भइन् । फस्ट रनरअपले २० हजार २२२ र सेकेन्ड रनरअप १० हजार १११ नगदसहित विभिन्न गिफ्ट ह्याम्पर उपहार प्राप्त गरे ।

मिस्टर शेर्पाको उपाधि सोनम जाङ्बुलाई

मिस्टर शेर्पाको उपाधि सोनम जाङ्बुले हात पारे । मिस्टर शेर्पामा ९ प्रतियोगी उपाधि होडमा उत्रेका थिए । उनले ३० हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पेम्बा शेर्पा फस्ट रनर अप र पासाङ शेर्पा सेकेन्ड रनर अप बने । फस्ट रनरअपले २० हजार २२२ र सेकेन्ड रनरअप १० हजार १११ नगद प्राप्त गरे ।
विजेताहरुलाई प्रमुख अतिथि पूर्वमन्त्री कृपाशुर शेर्पा, हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, डिपास इन्टरनेसनलकी अध्यक्ष छेल्हामु शेर्पा, नेपाल शेर्पा महिला संघकी अध्यक्ष ङिमी शेर्पा, आचार्य नुर्बु शेर्पा, डा ल्हामु याङ्जी शेर्पालगायतले सम्मान गरेका थिए ।
प्रतियोगितामा हिडन ट्रेजरका कक्षपति, डा ल्हामु याङ्जी शेर्पा, प्रियंका भण्डारी, आचार्य नुर्बु शेर्पालगायत निर्णायकको भूमिकामा थिए ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको