Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

चलचित्र “आमा आज पनि रुन्छिनको ” शुभ मुहुर्त सम्पन्न

Reporter

काठमाडौ ।  आज राजधानी काठमाडौमा अवस्थीत कोटेश्वर महादेव मन्दिरमा ए. आर. प्रोडक्सन को प्रस्तुति नेपाली कथानक चलचित्र आमा आज पनि रुन्छिनको शुभ मुर्हत सम्पन्न भयो। संसारभरका आमाहरुमा समर्पित भनिएको सो चलचित्र को निर्माता गिर्वाण बिजय खडका र सेवन्तक खडका रहनु भएको छ। निर्देशक अशु अशेष गिरी को निर्देशन रहने चलचित्रको मुख्य कलाकारहरुमा सरोज खनाल, गौरी मल्ल, मुस्कान पौडेल, रबिन्द्र झा, आशा भुषाल, सुदिप शाह ठकुरी आराध्या लक्ष्मी खड़‌की, देश भक्त खनाल, रेट्रोना बानिया, बाल कलाकार आर्यन पौडल र विशेष भूमिकामा सुदर्शन बुढाथोकी रहनु भएको छ ।

गणेश सुवेदी का गीत तथा लेखन रहेको चलचित्रमा संगीतकार सचिन गिरी, निर्देशक गोविन्द प्रभात, छायांकार निरज कँडेल, सम्पादक अभ्युदय खनाल मेकअप आर्टिष्ट सन्तु तामाङ, केश विन्यास संजु ढकाल, निर्माण नियन्त्रक श्री बुढाथोकी, तुलसी प्रसाद चौलागाई रहनु भएको छ चलचित्रको प्रमुख अतिथी बयोवृद्ध जीवनलाल शर्मा पौडल ज्यू को उपस्थितिमा सम्पन्न सो शुभ मुहुर्त समारोहमा दीप, कलश, गणेश पुजन गरि प्रमुख कलाकारहरु सरोज खनाल र रविन्द्र झाले सट दिनु भएको थियो । पत्रकार गीता अधिकारीको एक्सन कट, सम्पादक अभ्युदय खतालको क्ल्याप र प्रमुख अतिथिको  हातबाट क्यामेराको स्वीच अन गरि मुहुर्त सट लिइएको थियो ।

चलचित्रमा मुख्य सहायक निर्देशक रामशरण कोइराला, सहायक निर्देशक सुबास गौतम, रोहिनी अग्रवाल, राज कुमार कार्की, निश्चल तामाङ रहनु भएकोछ।

यहि चैत्र २० गते देखि छायांकनमा जान लागेको चलचित्रको छायांकन पूर्वको सुन्दर शहर इलाम, झापा, मोरङ जिल्लाका बिभिन्त छेत्रमा गरिने कुरा चलचित्रका मिडिया कोअर्डिनेटर गीता अधिकारीले जानकारी दिनु भएकोछ। पंडित हरि प्रसाद खतीवडाज्यू को स्वस्ती वाचन वाट सुरु भएका शुभ मुहुर्त समारोह मा चलचित्रमा संलग्न फलाकार तथा प्राबिधिक हरुको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको