Logo
17 Apr 2025    ४ बैशाख २०८२, बिहीबार

ताजा खबर

गायिका सुमी पराजुलीलाई ‘माया गर्ने तरिका’गीतबाट यो वर्षको ‘बेस्ट स्टाइलिस सिङ्गिङ अवार्ड’ तृप्ति खड्का गुरुङ्ग तथा बिजय गुरुङ्गको स्वरमा ‘तिम्रो धड्कन'(भिडियो) रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज सेनाको नक्कली पोशाक लगाई करणी गर्नेे तामाङ पक्राउ आईपीएलः सुपर ओभरमा दिल्लीद्वारा राजस्थान पराजित रास्वपा केन्द्रिय समितिको आज बस्दै

प्रकाश ज्वालाको प्रस्ताव– सांसदको सुविधा घटाऔँ

Reporter

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सांसदको सेवासुविधा घटाउन प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले पूर्वविशिष्टको सेवा बढाउने कानुन ल्याउने विषयमा आपत्ति जनाउँदै त्यस्तो प्रस्ताव गरेका हुन् ।

“राज्यबाट सुविधा लिएकाहरूले पनि सुविधा घटाउने बेला हो । संकटको बेला हो । हामी तयार हुनुपर्छ,” उनले भने, “सांसदको सुविधा घटाउने हो भने म तयार छु । हामी सांसद कति तयार छौँ, तयार हौँ ।”

उनले सरकारले पूर्वविशिष्टलाई सेवा सुविधा थप्ने गरी विधेयक सदनमा नल्याउन पनि चेतावनी दिए ।

“राज्यलाई भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई थप सुविधा गर्ने कानुन ल्याउँदै छ,” उनले भने, “यसप्रति घोर आपत्ति व्यक्त गर्न चाहन्छु । सरकार तत्कालै पछि फर्कियोस् । यो विधेयक संसद्‌मा ल्याउने धृष्टता नगरोस् ।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको