Logo
17 Apr 2025    ४ बैशाख २०८२, बिहीबार

ताजा खबर

सेनाको नक्कली पोशाक लगाई करणी गर्नेे तामाङ पक्राउ आईपीएलः सुपर ओभरमा दिल्लीद्वारा राजस्थान पराजित रास्वपा केन्द्रिय समितिको आज बस्दै विधायन व्यवस्थापन समितिको बैठक बस्दै यू-१९ विश्वकप एसिया छनोटः हङकङविरूद्ध नेपाल ९ विकेटले विजयी मधेस प्रदेशका पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरीमा आईजिपीको टुंगो लाग्ने

Reporter

आज नियमित मन्त्रिपरिषद् बैठक बस्दैछ ।

आजको बैठकले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) नियुक्तिको विषयलाई टुंगो लगाउनेछ ।

आजदेखि प्रहरी महानिरीक्षक वसन्त कुँवरको सेवाअवधी पुरा हुने भएकाले नयाँ आइजीपी नियुक्ति बैठकको मुख्य एजेण्डा रहेको छ ।

आजको बैठकले आइजीपी को हुने भन्ने विषय टुंगो लगाउने उच्च स्रोतले जनाएको छ । तर कसलाई आइजीपी बनाउने भन्ने बताइएको छैन ।

हाल नयाँ आइजीपीका लागि एआइजीत्रय दिपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङको नाम चर्चामा रहेको छ । ती ३ मध्ये थापा एक महिना सिनियर रहेको र उनको कार्यसम्पादन पनि राम्रो रहेको हुनाले उनी आइजी हुने प्रबल सम्भावना रहेको स्रोतले जनाएको छ ।

नेपाल प्रहरीका ३० औं आईजीपी कुँवरसँगै एआईजीहरु टेक प्रसाद राई, दुर्गा सिंह, बुद्धि गुरुङ, कुबेर कडायत र जनक भट्टराई पनि अनिवार्य अवकाशमा जाँदैछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको