Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

Reporter

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले युक्रेनको विदेश मन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्र मन्त्री देउवाले छुट्टै भेट गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले उल्लेख गरेअनुसार, भेटका क्रममा उनले युक्रेनी सेनाद्वारा युद्धबन्दीका रूपमा कब्जा गरिएका ७ जना नेपालीलाई रिहाइ गर्न आग्रह गरेकी छन् ।

‘उनीहरूको रिहाइ र स्वदेश फिर्तीको प्रक्रियालाई सहज बनाउन अनुरोध गरेँ’, उनले भनेकी छन्, ‘हामीले नेपाल–युक्रेन सम्बन्ध सुदृढ गर्ने सम्भावनाहरूबारे पनि छलफल गरेको छु ।’

सोही अवसरमा नेपाल र युक्रेनबीच कूटनीति, अफिसियल र सेवा राहदानी वाहकहरूका लागि भिसा छुट सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको उनले भनेकी छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको