Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी

Reporter

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभामा क्षमायाचना गरेका छन् ।

यौन व्यवसाय खुला गरी पर्यटन प्रबद्र्धन गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर घिमिरेले माफी मागेका हुन् ।प्रतिनिधिसभाको आज (बुधबार) को बैठकको सुरुमा नै समय लिएर प्रमुख सचेतक घिमिरेले माफी मागे ।

प्रमुख सचेतक घिमिरेले भने, ‘चैत ३ गते विशेष समयमा व्यक्त गरेको धारणा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हुन् । यो धारणा नेपाली कांग्रेस र संसदीय दलको आधिकारीक धारणा पनि होइन ।

यी विचारहरूले सम्मानित संसद्का सदस्यहरू र अन्य जनसमुदायमा समेत केहि नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु धन्यवाद ।’

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई खुला गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिने भएकाले अब यौन व्यवसायलाई खुला गर्न ढिलो गर्न नहुने उनको भनाइ थियो ।

धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा रहेको उनको भनाइ थियो । प्रमुख सचेतक घिमिरेको उक्त भनाइको प्रतिनिधिसभा र कांग्रेसको पदाधिकारी बैठकमा आलोचना भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको