
ओएसआर डिजिटल मार्फत बजारमा आएको गीत को बोल हो “मेरो जीवन तिमी” जसमा शब्द, स्वर तथा निर्देशन कुबेर तामाङको रहेको छ भने कल्याण सिंहले कम्पोज गर्नुभएको हो।
मेलोडी नेपाल स्टुडियोमा रेकर्डिङ भएको जुन अडियोका एरेन्जर पुष्कर सुनुवार हुन् भने रेकर्डिस्ट विप्लव अधिकारी हुन्। यो गीतको छायांकन तथा सम्पादन मोहन सुनुवारले गरेका हुन् भने मेकअप साया राईको थियो।
गायक तथा निर्देशक कुबेर तामाङको भनाइ अनुसार रक पप गीतलाई फ्युजन शैलीमा कम्पोजर कल्याण सिंहले राम्रो बनाइदिनुभएको छ भने सम्पादनमा कलर भिन्दै प्रकारले दिएको बताउनुहुन्छ । यो गीतको कम्पोजलाई सुहाउने बनाउनुमा एरेन्जर पुष्कर सुनुवारको ठूलो हात भएको उहाँले बताउनुहुन्छ ।
छायाङ्कनको दौरानमा कलाकार सञ्जित भण्डारी तथा कलाकार नतिजा लुइटेलको पनि आफ्नो कलाकारिताको हदसम्म प्रस्तुति दिनुभएको थियो।
सांगीतिक आकाशमा अर्को एउटा सफल संगीत दर्शक समक्ष प्रस्तुत गर्न सफल भएकोमा गायक तथा निर्देशक कुबेर तामाङ आफ्नो काम दर्शकहरू समक्ष पेश गर्न पाएकोमा हर्षित भएको बताउँदै जे जस्तो प्रतिक्रिया आउँछ त्यसलाई सहर्ष स्वीकार्दै आगामी दिनहरूमा सोही कुरा लाई प्रेरणाको स्रोत बनाउँदै अगाडि बढ्ने कुरा प्रष्ट पार्नुहुन्छ।
