Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Reporter

प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा  छ।

आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशाेधन) बिधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने  भएको छ।

साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रियसभामा उत्पति भएको ‘नेपाल कानुन ब्यावसायी परिषद (दोस्रो संशाेधन)  बिधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोक सेवा आयोगको ६५ औं बार्षिक प्रतिबेदन पेश गर्नेछन्।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण बिधेयक, २०८१ र नेपाल नागरिक उड्ड्यन प्राधिकरण बिधेयक, २०८१ माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

उता, उद्याेग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) बिधेयक, २०८१ लाई दफावार छलफलको लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको