Logo
17 Apr 2025    ४ बैशाख २०८२, बिहीबार

ताजा खबर

तृप्ति खड्का गुरुङ्ग तथा बिजय गुरुङ्गको स्वरमा ‘तिम्रो धड्कन'(भिडियो) रास्वपाले तोक्यो ७ वटै प्रदेशका लागि इन्चार्ज सेनाको नक्कली पोशाक लगाई करणी गर्नेे तामाङ पक्राउ आईपीएलः सुपर ओभरमा दिल्लीद्वारा राजस्थान पराजित रास्वपा केन्द्रिय समितिको आज बस्दै विधायन व्यवस्थापन समितिको बैठक बस्दै

वस्तु बिक्रीमा ‘एमआरपी’ उल्लेख नभए विक्रेतालाई कारबाही

Reporter

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी), परिणाम, तौल र गुणस्तरको उल्लेख नभएका वस्तु बजारमा नल्याउन सचेत गराएको छ । विभागले बुधबार पत्रकार सम्मेलनमार्फत उपभोक्ता संरक्षण ऐनमा भएको व्यवस्थाबमोजिम उत्पादनले आफूले उत्पादन गरेका वस्तुको एमआरपी, गुणस्तर र परिमाणसहित उत्पादन एवं प्रयोग मिति स्पष्ट नभएका वस्तु बजारमा नल्याउन सचेत गराएको हो ।

कार्यक्रममा विभागका महानिर्देशक कुमारप्रसाद दाहालले प्रचलित कानुनविपरीत हुने गरी केही उत्पादक र पैठारीकर्ताले एमआरपी उल्लेख नभएका र बिनालेबलका उत्पादन बजारमा खुला बिक्रीवितरण गरेको अनुगमनमा पाइएको जानकारी दिनुभयो । एमआरपीबिनाका वस्तु बजारमा ल्याउनु गलत भएको थाहा हुँदाहुँदै पनि ठुला व्यापारीमै मिचाहा प्रवृत्ति पाइएकाले अब यो छुट कसैलाई नहुने उहाँले बताउनुभयो । असाध्यै ठुलो परिमाणमा कारोबार हुने सिमेन्ट र फलामे डन्डीका उत्पादक उद्योगले एमआरपी नै नतोकी बजारमा पठाउने गरेको पाइएको पनि उहाँले जानकारी दिनुभयो । “सिमेन्ट र डन्डी उत्पादक उद्योगीलाई छुट्टाछुट्टै बोलाएर एक साताभित्र एमआरपी तोकेर मात्रै सामान उद्योगको गेटबाट बाहिर निकाल्न भनेका छौँ,” उहाँले भन्नुभयो ।

महानिर्देशक दाहालले एमआरपी तोक्ने विषयमा उद्योगी सकारात्मक भएकाले एक सातापछि एमआरपी नतोकिएका सिमेन्ट र डन्डी बजारमा ल्याएमा जफत गरेर कारबाही गर्ने चेतावनी दिनुभयो । त्यस्तै उहाँले उत्पादक र व्यवसायीले वस्तुको एमआरपी तोक्दा औचित्य पुष्टि गर्नुपर्ने, अनुचित मूल्य तोकेको भेटिए कानुन अनुसार कारबाही हुने

स्पष्ट पार्नुभयो ।   उहाँले उत्पादनमा अधिकतम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रस्ट रूपमा लेख्नुपर्ने कानुनी व्यवस्थाविपरीत उत्पादक र व्यवसायीले कानुनविपरीत बिनालेबलका सिमेन्ट र डन्डी बिक्री गर्ने पाँच डिलरलाई बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार काठमाडौँमा रहेको कोटेश्वर डन्डी टे«ल्र्स, पञ्चकन्या हार्डवेयर, भवानी माँ हार्डवेयर, विक्की हार्डवेयर हाउस र राजेश हार्डवेयरको बिक्रीवितरण रोक्का गरी तीन दिनभित्र मूल्य बढ्नु परेको औचित्य पुष्टि हुने कागजातसहित विभागमा उपस्थित हुने निर्देशन दिइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको