Logo
26 Mar 2025    १२ चैत्र २०८१, बुधबार

ताजा खबर

कुबेर तामाङको “मेरो जीवन तिमी”(भिडियो) मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटी र मच्छिन्द्र बराबरीमा रोकिए

admin

काठमाडौं, पुस-१६ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट १२ औं चरणका खेलहरु सुरु भएका छन् ।

१२ औं चरण अन्तर्गत आजको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले मच्छिन्द्र क्लबसंग ५–५ गोलको बराबरी खेल्यो ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलको ३० मिनेटमै मच्छिन्द्रले ४-१ को अग्रता लिएको भएपनि त्यो स्थिति जोगाउन नसक्दा जित निकाल्न सकेन ।

बराबरीसँगै एनआरटी अंक तालिकाको पुछारमै रहेको छ भने मच्छिन्द्र क्लब १२ औं स्थानमा रहेको छ । एनआरटीले १२ खेलबाट ६ अंक जोड्दा मच्छिन्द्रको भने ७ अंक भएको छ ।

ए डिभिजन लिगअन्तर्गत आज हुने अन्य खेलहरुमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबसंग तथा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजसंग खेल्दैछन् ।

लिगमा एघारौं चरणको खेल सकिदै मनाङ मस्र्याग्दी क्लब च्याम्पियन बनिसकेकोले अब दोस्रो स्थानका लागि घम्साघम्सी भईरहेको छ ।

१४ टिम सहभागी लिगमा ११ खेलबाट च्याम्पियन बनेको मनाङले ३३ अंक जोडेको छ ।

दोस्रो स्थानको लागि भने संकटा क्लब, थ्रीस्टार क्लब र आर्मीबिच भिडन्त जारी छ । संकटाको २५, थ्रीस्टारको २३ तथा आर्मीको २१ अंक रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको