
तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो ।
यसअघि स्थिति तनावपूर्ण बनेपछि प्रशासनले पाँच क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरेको थियो ।
तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटीतर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी गरेका हुन् ।
उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा रहेका केही गाडी पनि तोडफोड गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतले बताए ।

लोकप्रिय समाचार