Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँका केही क्षेत्रमा शनिबार बिहान ७ बजेसम्म कर्फ्यु

Reporter

काठमाडौँ उपत्यकाका केही क्षेत्रमा शुक्रबार लगाइएको कर्फ्यु आदेश शनिबार बिहानसम्मका लागि थपिएको छ।

यसअघि प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यु आदेश अवस्थाको विश्लेषण गर्दै यस अघि जारी भएको कर्फ्यु आदेशको निरन्तरतास्वरूप मिति शुक्रबार राति १० बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि थप गरिएको हो।

प्रशासनले बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्टसम्म गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म र कोटेश्वरदेखि जडिबुटी पुलसम्म कर्फ्यु आदेश जारी गरेको छ।

कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको