Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित कांग्रेस विवाद चर्कियो : आयोगको निर्णय मान्य छैन – देउवा पक्ष

साल्ट ट्रेडिङको ५८औँ वार्षिक साधारणसभा सम्पन्न

Reporter

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५८औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रदीपलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन, वित्तीय अवस्थाको विवरण, नाफा नोक्सानीको विवरण, नगद प्रवाह विवरणका साथै लेखानीतिउपर छलफल गरी पारित गर्‍यो ।

कर्पोरेसनको कारोबारको विवरण प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले ०८०/८१ को कारोबार समष्टिगतमा मूल्यांकन गरी व्यापारिक कारोबार सन्तोषजनक रहेको र वित्तीय क्षेत्रको लगानी पनि उपलब्धिमूलक रहेको अवगत गराउँदै, नुन, खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुको कारोबार गरिएको बताए ।

साल्टले सेयरधनीलाई दश प्रतिशतका दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । साथै, सुनकोशी नदीलगायतमा आएको भीषण बाढीले जनधनको व्यापक क्षति पुर्‍याएकोमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा कर्पोरेसन र कर्मचारीका तर्फबाट समेत ६० लाख रूपैयाँ उपलब्ध गराएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको