Logo
25 Apr 2025    १२ बैशाख २०८२, शुक्रबार

ताजा खबर

आज वैशाख १२, विनाशकारी भूकम्पको एक दशक पूरा लोकतान्त्रिक यातायात व्यवसायी संघको सर्वसम्मत नयाँ कार्यसमिति चयन ‘तिमी नै छौ यो मनमा’ भन्दै दीपेन्द्र अधिकारी(भिडियो) त्रि-राष्ट्रिय अन्तर्राष्ट्रिय डजबल च्याम्पियनशिप : राष्ट्रिय पुरुष टिम भारतको कर्नाटकमा परिआएको खण्डमा सरकारबाट बाहिरिने छौँ : गगन थापा तीन दिनभित्र विद्यालय फर्किन शिक्षकलाई सर्वोच्चको आदेश

धर्मगुरु पुष्कर खतिवडा पक्राउ

Reporter

आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई इमाडोल क्षेत्रबाट पक्राउ गरेको हो । खतिवडाले प्रहरीमाथि ढुङ्गा हानिरहेको र प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

यसअघि भीआईपीको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि खतिवडालाई प्रहरीले पक्राउ गरेको  थियो । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले गत साउन १४ गते उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको