Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ सार्वजनिक(भिडियो) कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ एनपीएलः लिग चरणको अन्तिम खेल हुँदै क्यानडाको युकोनमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ७९ वर्षयताकै सबैभन्दा ठूलो गोवामा नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु

महानगरले ज्ञानेन्द्र शाहलाई काट्यो पत्र, सात लाख ९३ हजार जरिवाना

Reporter

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेको छ ।

शुक्रबार उनको समर्थनमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो ।

उनको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड गरेको र फोहोरमैला गरेको भन्दै महागरले जरिवाना तिराउन लागेको हो ।

ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत उनीहरूले तोडफोड गरेका थिए । यस्तै, आइल्यान्ड र रेलिङहरूमा समेत तोडफोड र क्षति गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको