Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कटौती भयो पूर्वराजा ज्ञानेन्द्र शाहका सुरक्षाकर्मीहरू

Reporter

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गरिएको छ। सशस्त्र प्रहरीले राति ११ः३० बजे पूर्व राजाका १० जना सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको हो।

डिएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको छ। ‘केही दिनमा अर्को निर्णय हुने छ,’ सशस्त्र प्रहरीका एक उच्च अधिकारीले भने।

सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा दिएको सबै सुविधालाई कटौती गर्ने तयारी गरेको बेला सशस्त्र प्रहरीको टोली कम गरिएको छ। नारायणहिटी राजदरबारबाट हटेपछि पूर्व राजपरिवारलाई नेपाल सरकारले आवाससहितको सुविधा दिइरहेको छ। पूर्व राजपरिवारले प्रयोग गर्दै आएको नागार्जुन दरबार नेपाल सरकारले आवास सुविधा अन्तर्गत उपलब्ध गराएको हो। निर्मल निवास भने पूर्व राजा ज्ञानेन्द्रको निजी निवास हो।

पूर्व राजपरिवारका सबै सदस्यहरूको सुरक्षाका लागि भन्दै सरकारले सशस्त्र प्रहरीका १ सय ५५ जना सुरक्षाकर्मी खटाएको थियो। यस्तै इन्धनसहित तीनवटा सवारी साधनसमेत उपलब्ध गराउँदै आएको छ। ती मध्ये सशस्त्र २५ जना ज्ञानेन्द्रको सुरक्षाका लागि खटिएका थिए।

परिवारका सदस्यहरूलाई खटाइएको टोलीलाई पनि फिर्ता गरिएको छ। ‘परिवारका सदस्यलाई दिएको सुरक्षा दुई दिनभित्र सशस्त्रको कार्यदलमा हाजिर हुने छन्,’ सशस्त्र प्रहरी बल मुख्यालय स्रोतले जनाएको छ। तर सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी कुमार न्यौपानेले डिएसपीको कमाण्डमा १५ जना सुरक्षाकर्मी खटिएको बताए। उनले कार्यविधि अनुसार खटिएको बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको